मधेश

रहेनन् प्रजातान्त्रिक आन्दोलनका योद्धा मिश्र

इकागज |
पुस १७, २०८० मंगलबार ७:४३ बजे

महोत्तरी- नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा त्रिपुरारी मिश्रको ५४ वर्षको उमेरमा निधन भएको छ । महोत्तरीको पिपरा गाउँपालिका–३ का बासिन्दा उनको सोमबार राति निधन भएको हो । उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए ।

पञ्चायतकालमा नेपाल विद्यार्थी संघमा आबद्ध भएर नेता मिश्रले प्रजातान्त्रिक आन्दोलनमा योगदान गरेको नेपाली कांग्रेस महोत्तरीका नेता बजरङ्ग नेपाली बताउँछन् । विसं २०४६ को जनआन्दोलनले प्रजातन्त्र पुनःस्थापना गरेपछि नेपाली कांग्रेसमा क्रियाशील भएका मिश्रको योगदान अनुकरणीय रहेको नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादव र नेकपा एमालेका जिल्ला अध्यक्ष कालीचन्द्र साहले शोक वक्तव्य प्रकाशन गरेर बताएका छन् ।


स्वर्गीय मिश्रका पत्नी, एक छोरा र एक छोरी छन् । रासस


Author

थप समाचार
x