मधेश

वृन्दावन नगरपालिकाका अधिकांश सामुदायिक विद्यालयमा बन्द भयो दिवा खाजा

इकागज |
माघ ६, २०८० शनिबार १७:२४ बजे

रौतहट- रौतहटका वृन्दावन नगरपालिकाको अधिकांश सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम बन्द भएको छ ।

सो पालिकामा विगत लामो समयदेखि कार्यकारी प्रमुख नहुँदा दिवा खाजा कार्यक्रम प्रभावित बनेको एक जना शिक्षकको भनाइ रहेको छ ।


दिवा खाजा प्रभावित बनेपछि सो पालिकाका सामुदायिक विद्यालयमा छ । विगत छ महिनादेखि उधारोमा खाजा खुवाइरहेको तर, भुक्तानी पाउन नसकेपछि उधारो दिने पसलहरूले पनि उधारो बन्द गरेपछि सो पालिकाका अधिकांश विद्यालयको दिवा खाजा कार्यक्रम प्रभावित बनेको छ ।

बालबालिकाको स्वास्थ्य अध्ययन अध्यापन गर्ने बालबालिकाको संख्या समेत घट्न थालेको शिक्षकहरूको भनाइ रहेको र पोषणलाई मध्यनजर गर्दै सरकारले प्रत्येक सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गरेको छ । बालबालिका कुषोषणको सिकार नहुन र विद्यालयमा नियमित उपस्थित गराउने उद्देश्यले दिवा खाजा सञ्चालन गरे पनि वृन्दावनका सामुदायिक विद्यालयमा भने, यो सेवा प्रभावकारी हुन सकेको छैन ।

वृन्दावनका एक प्रधानाध्यापकका अनुसार विगत लामो समयदेखि भुक्तानी नपाएका कारण उधारोमा खाजा खुवाउन नसकिने बताएका छन् । विगत ६ महिनामा करिब डेढ लाखको उधारो खाजा खुवाएको र सोको भुक्तानी आफ्नो खेतमा उत्पादन भएको धान बेचेर तिरेको प्रधानाध्यापकको गुनासो रहेको छ ।

उनले भने, 'अब कि त नगरपालिकाले उधारो मगाइदिनु पर्यो नत्र समयमै भुक्तानी दिनु पर्यो नभए हामी उधारोमा ल्याएर खाजा खुवाउन सक्दैनौं ।'


Author

थप समाचार
x