मधेश

मिर्चैया नगरपालिकामा तोडफोड

इकागज |
माघ २९, २०८० सोमबार ६:२५ बजे

फाइल फोटो

 सिरहा - सिरहाको मिर्चैया नगरपालिका कार्यालय तोडफोड भएको छ । आइतबार केही उच्छृङ्खल व्यक्तिबाट कार्यालयमा  तोडफोड भएको हो । 

नगर प्रमुख श्रवण यादवले  घटनाको घोर भत्र्सना गर्दै कारबाहीका लागि स्थानीय प्रशासनसमक्ष माग गरेका छन् ।  “मिर्चैया नगरपालिका–३ का वडाध्यक्ष पवित्रीदेवी यादवको पति खगेश्वर गोहीवार यादवसहित करिब ३०र४० जनाको समूहमा आएको उच्छृङ्खल व्यक्तिले अन्धाधुन्ध ढुङ्गामुढा गर्न थालेपछि कार्यालयको झ्याल, ढोका, सिसीटिभी क्यामेरा, कम्प्युटर, मोटरसाइकललगायत महत्वपूर्ण सामग्री नष्ट भएको छ,” नगरपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 


कुनै किसिमको माग नै नराखी यस नगरपालिकाभन्दा बाहिरको व्यक्तिलाई समेत सहभागी गराई आतंककारी शैलीमा कर्मचारीलाई कुटपिट गर्ने मनसायले आक्रमण गरिएको नगरप्रमुख यादवले बताएका छन् । 


Author

थप समाचार
x