मधेश

एसईई : सिरहामा १० मिनेट नबित्दै नेपाली विषयको प्रश्न पत्र बाहिरियो

इकागज |
चैत १६, २०८० शुक्रबार ९:३८ बजे

सिरहा- एसईई परीक्षा १० मिनेट नबित्दै नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । सिरहामा परीक्षा सुरु भएको १० मिनेट नबित्दै नेपाली विषयको प्रश्न पत्र बजारमा बाहिरिएको हो ।

निजि विद्यालयहरूले फ्लाप बनाउन सकृय गरेका टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरूकै सहयोगमा बाहिर निकालिएको थियो । त्यहाँबाट तस्बिर खिचेर समाजिक सञ्जाल ह्वाटसअपमार्फत छ्यापछ्याप्ति बनाइएको छ। 


परीक्षा हल वरिपरी फोटोकापी मेसिनसहित चिट बनाउने टोलीहरू सकृय रूपमा बसेका छन् । सिरहा जिल्लाभरी नै नेपाली विषयको प्रश्नपत्र समाजिक सञ्‍जालमार्फत निजि विद्यालयहरूको हात हातमा पुगेको छ ।


Author

थप समाचार
x