मधेश

९ वटा गाई बाच्छोसहित रौतहटमा एक जना पक्राउ

इकागज |
असार १९, २०८१ बुधबार १०:४४ बजे

रौतहट- रौतहटस्थित प्रहरी गस्ती टोलीले तस्करी मार्फत जिल्लाबाट भारततर्फ लागिरहेको ९ थान गाई, बाच्छोसहित एक जना तस्करलाई पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा मंगलवार साँझ जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको गस्ती टोलीले  माधव नारायण नगरपालिका-१ दिपहीबाट अबैध रुपमा गाई र बाछो भारततर्फ लैजाँदै गरेको अवस्थामा देवाहीगोनाही नगरपालिका-२ करुनिया टोलका तस्कर शेख हसिमको छोरा वर्ष १८ को शेख आबिद आलमलाई पक्राउ गरेको हो । 


गाई ८ वटा र बाछो १ वटासहित पक्राउ परेका आबिद आलमलाई आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय  गौरमा दाखिला गरिएको र मुख्य तस्कर गाई धनी फरार रहेकाले निजको खोज तलास भई रहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन् । पछिल्लो समय रौतहट प्रहरी एउटा अभियानको रुपमा तस्करी नियन्त्रण गर्न लागिरहेको स्थानीयहरूले बताएका छन् ।


Author

थप समाचार
x