मधेश

मर्मतमा बेवास्ता भएपछि सडकमै धान रोपाइँ

इकागज |
असार १०, २०७८ बिहीबार ११:३१ बजे

लहान : सडक मर्मतमा बेवास्ता गरेको भन्दै स्थानीय युवकहरुले सिरहाको धनगढीमाई नगरपालिका– १२ स्थित हिलाम्मे सडकमा धान रोपाइँ गरेका छन् । पटकपटक जनप्रतिनिधिहरुलाई सडक मर्मतका लागि आग्रह गर्दासमेत मर्मत नगरिएको भन्दै युवाहरुले बुधबार साँझ साङ्केतिक विरोधस्वरूप सडकमै धान रोपाइँ गरेका हुन् । 

नगरप्रमुख हरिनारायण चौधरी र वडा नं १२ का वडाअध्यक्ष राजु श्रेष्ठलाई जीर्ण सडक मर्मतका लागि पटकपटक आग्रह गरे पनि वेवास्ता गर्दै आएकाले सडकमै धानको बीउ रोपेर विरोध जनाएको स्थानीय युवा रामकुमार महतोले जानकारी दिए । करिब ४०० मिटर सडक कालोपत्रे गर्नका लागि बाटो बन्द गर्न खाल्डो खनिएको थियो । सो खाल्डो त्यतिकै छाडेपछि हिलो जमेर सडक नै अवरुद्ध भएको स्थानीयवासीले बताएका छन् ।



Author

थप समाचार
x