बागमती

भीमफेदीको खोप्लाङमा महोत्सव हुने

इकागज |
मंसिर २०, २०७९ मगलवार २०:५४ बजे

मकवानपुर- मकवानपुरको भीमफेदी गाउँपालिका १ खोप्लाङमा महोत्सव हुने भएको छ । मंसिर २९ गतेबाट भीमफेदी–हेटौंडा–सामरी महोत्सव हुने भएको हो ।

ओम शक्ति मारुती इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा मंसिर २९ गतेबाट पुस १० गतेसम्म भीमफेदी-हेटौंडा-सामरी महोत्सवको आयोजना हुने भएको हो । मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी प्रालिका अध्यक्ष अजित राईले हेटौंडा बजार क्षेत्रमा मात्रै हुने मेला महोत्सवलाई गाउँपालिकामा पनि लैजाने उद्देश्यले महोत्सवको तयारी गरेको जानकारी दिए ।


भीमफेदी–हेटौंडाको पर्यटक प्रवर्द्धन, कला साहित्यको प्रचारसहित व्यापार व्यवसायलाई बढावा दिनका लागि महोत्सवको आयोजना गर्न लागिएको राईले बताए । उनका अनुसार, करिब १ सय ५० देखि २ सय वटा स्टल रहने महोत्सवमा राष्ट्रिय कलाकारहरू धिरज राई, बद्री पंगेनी, मिलन लामा, ज्योति मगर, प्रिती आले, एलिना चौहान लगायतका कलाकारहरूले प्रस्तुति रहनेछ ।

सहभागीका लागि १ सय रुपैयाँको टिकट तोकिएको मेलामा बाल उद्यम, विभिन्न खेलकुद, खाना, लुगा कपडा, कृषि प्रदर्शनी लगायतका स्टलहरू रहने आयोजकले जनाएको छ ।


Author

थप समाचार
x