बागमती

मेयर बालेनविरुद्ध प्रदर्शन

इकागज |
चैत १३, २०७९ सोमवार १२:३१ बजे

फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहविरुद्ध प्रदर्शन गरिएको छ । संविधान र कानुन विपरित सुकुम्बासीहरुलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर साहविरुद्ध सोमबार काठमाडौँको नयाँ बानेश्वरदेखि माईतीघर मण्डलासम्म र्‍यालीसहितको विरोध प्रदर्शन गरिएको हो ।

आफूहरुलाई उठिबास लगाउने काममा मेयर साह लागेपछि त्यसको विरोधमा सुरु गरिएको प्रदर्शनलाई निरन्तरता दिनु परेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले बताए ।


उनले संविधान, कानुन विपरित भूमिहिनहरलाई जग्गाधनी पूर्जा दिनुको साटो उठिबास लगाउने प्रयास काठमाडौँ महानगरपालिका र मेयर साहले गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए ।

विरोध प्रदर्शनमा पक्राउ परेका भूमि अभियन्ताहरुलाई निःशर्त रिहा गर्न, उनीहरुमाथि लगाइएको सबै झुटा मुद्धा खारेज गर्नुपर्ने मागसहितको नाराबाजी गरिएको थियो ।


Author

थप समाचार
x