बागमती

बागमती प्रदेशका तीन जिल्लामा आज सार्वजनिक बिदा

इकागज |
भदौ २२, २०८० शुक्रबार ८:४१ बजे

हेटौँडा- चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक बिदा दिइएको छ । 

बाग्मती प्रदेश सरकारको केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश सरकारले आज तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो ।


आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रवक्ता गङ्गानारायण श्रेष्ठका अनुसार प्रदेश सरकारले मकवानपुर, चितवन र धादिङ जिल्लामा आज सार्बजनिक बिदा दिईएको जानकारी दिएका छन । उनका अनुसार अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको जनाउँदै चेपाङ समुदायको बसोबास भएका आधारमा तीन जिल्लामा आज सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

प्रदेश सरकार सबै भाषा, धर्म, सम्प्रदाय, जातजातिको पहिचान र संस्कृतिको सम्मानमा अग्रसर रहेको भन्दै कानुनमन्त्री श्रेष्ठले न्वागी पर्वका अवसरमा प्रदेशवासीमा आपसी भाइचारा र आत्मीयता बढोस् भन्दै शुभकामनासमेत व्यक्त गरेका छन् ।


Author

थप समाचार
x