बागमती

बाग्मतीमा प्रदेश सभा बैठक अघि सर्वदलीय बैठक बस्दै

इकागज |
भदौ २४, २०८० आइतबार ७:१५ बजे

हेटौडा । बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि सर्वदलीय बैठक आह्वान गरिएको छ । आइतबारका लागि बोलाइएको प्रदेशसभा बैठक चल्ने अवस्था नदेखे पछि प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले सर्वदलीय बैठक बोलाएका हुन् । 

सभामुख पाठकले बोलाएको सर्वदलीय बैठक आइतबार बिहान १० बजे बस्नेछ । साे बैठक प्रदेश सचिवालय भवनमा बाेलाइएकाे छ ।  गत भदौ १८ गतेदेखि बैठक बस्न नसकी तीन तीन पटक सारिएको छ । 


उक्त बैठकमा सहमति कायम गरी पूर्वनिर्धारित कार्यक्रम अनुसार बिहान ११ बजेदेखि प्रदेश सभा बैठक सुचारू गर्ने योजना रहेको छ ।

चालू आर्थिक वर्ष २०८०-८१ को बजेट पारित गर्दाको समयमा  प्रतिपक्षी दलहरूसँग गरेको सहमति सरकारले कार्यान्वयन नगरे पछि प्रदेशसभा सञ्चालनमा एमाले र राप्रपाले असहमति जाहेर गर्दै आइरहेका छन  । सो बेला भएको सहमति कार्यान्वयन नभएसम्म बैठक चल्न नदिने चेतावनी दिएसँगै बैठक प्रभावित बनेको सभामुखको सचिवालयले जनाएको छ । 


Author

थप समाचार
x