बागमती

संविधान दिवसमा भीमफेदी कारागारका १४ कैदी थुनामुक्त

इकागज |
असोज ३, २०८० बुधबार १५:२० बजे

मकवानपुर - मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका १४ जना कैदी थुनामुक्त भएका छन् । बुधबार संविधान दिवसको अवसरमा सरकारले कैद मिनाह गर्दा भीमफेदी कारागारका १४ जना कैदी थुनामुक्त भएको कारागार प्रशासनले जनाएको छ ।

कारागारमा कैदी जीवन बिताइरहेका र हिजो मंगलबारसम्ममा तोकिएको ५० र ४० प्रतिशत कैद भुक्तान गरेका तथा असल आचरण भएका १४ जना कैदी थुनामुक्त भएका हुन् । थुनामुक्त हुनेमा मकवानपुरका ६ जना, ७ जना अन्य जिल्ला र १ जना भारतका रहेका प्रशासक  तिर्थराज पौडेलले जानकारी दिए । 


देशभरका ६ सय ७० जनाको कैद मिनाहा  हुँदा भीमफेदी कारागारमा कैद भुक्तान गरिरहेका मकवानपुरका ६ सहित १४ जनाको कैद मिनाहा भएको हो । ठगी मुद्दामा कारागारमा रहेका हेटौंडा–११ का पुर्णभक्त लामा, डाँका मुद्दाका मकवानपुरगढी– ८ का प्रेम बहादुर स्याङ्तान, नकवजनी मुद्दाका इन्द्रसरोवर गाउँपालिका–३ का अष्ट वाईबा, हेटौंडा–११ का राजकुमार तामाङ, राक्सिराङ गाउँपालिका–८ का कृष्णलाल थिङ र इन्द्रसरोवर गाउँपालिका–३ का बुद्धिमान सिंह भोलन रहेको कैदा मिनाहा भएको छ ।

यस्तै कर्तव्य ज्यान मुद्दामा सजाय पाइ कारागारमा रहेका तनहुँको भानु नगरपालिका–६ का सुक बहादुर नेपाली, खुन–डाँका मुद्दाका नवलपरासीको रामग्राम नगरपालिका–१६ का बृजनन्दन राजभर, कर्तव्य ज्यान मुद्दाका धनुषाको नगराइन नगरपालिका–८ का ललन पासवान र लमजुङको राइनास नगरपालिका–८ का प्रकाश नेपालीको पनि कैदा मिनाह भएको पौडेलले जानकारी दिए ।

यस्तै कैदा माफी मिनाह हुनेमा कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेका सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ का बसन्त खड्का, नकवजनी चोरी मुद्दामा सजाय काटिरहेका नवलपरासीको देवचुली नगरपालिका–१५ का अर्जुन थापा मगर, चोरी मुद्दामा सजाय काटिरहेका काठमाडौंको चन्द्रगिरी नगरपालिका–७ का संजित बहादुर बाग्दास र नकवजनी चोरी मुद्दामा सजाय काटिरहेका भारतका जाफिर खान रहेको पौडेलले बताए ।


Author

थप समाचार
x