बागमती

भक्तपुरमा घरदैलो नर्सिङ सेवा सुरु

इकागज |
मंसिर २१, २०८० बिहीबार २२:५ बजे

फाइल तस्बिर

भक्तपुर- स्वास्थ्य संस्थासम्म जान नसक्नेलाई लक्षित गर्दै सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले चाँगुनारायण नगरपालिकामा घरदैलो नर्सिङ सेवा सुरु भएको छ ।

नगरपालिकाले वडा नं ९ ताथलीबाट घरदैलो नर्सिङ सेवा सुरु गरेको हो । ताथलीका वडावासीको स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै वडा कार्यालयको नेतृत्वमा घरदैलो नर्सिङ सेवा सुरु गरेको सो वडाका अध्यक्ष गणेश त्यातले जानकारी दिए ।


उनले चालु आर्थिक वर्ष २०८०/८१ मा तय गरिएको नीति तथा कार्यक्रमअनुसार वडामा घरदैलो नर्सिङ सेवा सुरु गरिएको बताए । वडावासीको स्वास्थ्य सेवाको आवश्यकतालाई महसुस गरी यो सेवा सुरु गरिएको उनको भनाइ छ । 

घरदैलो नर्सिङ सेवाका लागि सहजकर्ता भाष्कर थापा ताथलीका विभिन्न टोलमा पुगेर स्वास्थ्य परीक्षणमा खटिएको जानकारी दिँदै उनले यो सेवालाई वडाका सबै टोलमा पालैपालो तालिका बनाएर पठाइने बताए । स्वास्थ्यमा समस्या देखिएकालाई अस्पतालसम्म लैजाने वातावरण बनाउन र स्वास्थ्योपचारबाट वञ्चित हुन नपरोस् भनेर यो सेवा सञ्चालन गरेको उनले बताए ।


Author

थप समाचार
x