बागमती

चितवनमा मोटरसाइकलको ठक्करले तीन वर्षीय बालकको मृत्यु

इकागज |
फागुन ५, २०८० शनिबार ११:१ बजे

सांकेतिक तस्बिर

चितवन- चितवनमा मोटरसाइकलको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१२ गोन्द्राङ बस्ने सुनिता श्रेष्ठको ३ वर्षीय छोरा विमर्श श्रेष्ठ रहेका छन् । उनलाई  शुक्रबार साँझ ६:१० बजेको समयमा नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो ।


मोटरसाइकलको ठक्करबाट घाइते भएका विमर्शको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार राति ८:१८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

विमर्शलाई टाउकोमा चोट लागि गम्भिर अवस्थामा उपचारको लागि अस्पताल पुर्‍याइएको थियो । ठक्कर दिने मोटरसाइकलको खोजी भइरहेको प्रहरीले बताएको छ ।


Author

थप समाचार
x