बागमती

बागमती प्रदेशको हिउँदे अधिवेशन आगामी साता

इकागज |
फागुन ८, २०८० मगलवार २०:३७ बजे

मकवानपुर- बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन यही फागुन १५ गते अपराह्न ३ बजे आह्वान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले  बताए । 

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा आज भएको बैठकले प्रदेश शिक्षा नीति, विपन्न दलित सशक्तीकरणसम्बन्धी कार्यविधि र प्रदेश स्वयंसेवक परिचालन कार्यविधिलाई स्वीकृति दिने निर्णय गरेको मन्त्री लामाले जानकारी दिए । प्रदेशका समस्याग्रस्त सहकारीका समस्या अध्ययन गर्न १६ जना कर्मचारी दरबन्दी स्वीकृत  गरिएको मन्त्री लामाले बताए । रासस



Author

थप समाचार
x