बागमती

प्रदेश प्रमुख शर्माद्वारा बागमती प्रदेश सभाको बैठक आह्वान

इकागज |
फागुन ११, २०८० शुक्रबार १५:४१ बजे

मकवानपुर- बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश सभाको १३औँ अधिवेशन आह्वान गरेका छन् । 

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बागमती मन्त्रिपरिषदबाट सिफारिस भई आएअनुसार प्रदेश सभाको अधिवेशन बैठक फागुन १५ गते अपराह्न ३ बजे बस्ने गरी आज आह्वान गरेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए । रासस



Author

थप समाचार
x