बागमती

चितवनमा खोरेतविरुद्धको खोप अभियान

इकागज |
चैत २४, २०८० शनिबार १०:१९ बजे

चितवन- जिल्लाको कालिका नगरपालिकामा खोरेतविरुद्धको खोप अभियान प्रारम्भ भएको छ । पालिकको पशु सेवा शाखा र दुग्ध उत्पादन सहकारीहरुको समन्वयमा अभियान  थालिएको हो ।

अभियानअन्तर्गत पालिकाका  सबै वडाका ६ हजारभन्दा बढी पशुलाई खोप लगाइने पालिकाका पशु विकास अधिकृत ईश्वरीप्रसाद पौडेलले जानकारी दिए ।


“आजदेखि अभियान थालेका छौं यो अभियान वैशाख ५ गते सम्म सञ्चालन हुनेछ । हाम्रो अभियान पालिकाका  पशुलाई रोगमुक्त बनाउनु हो । ”  उनले भने, “पहिलो चरणमा गाई, भैँसी र बङ्गुरलाई   खोपलगाइनेछ ।”  बाख्रालाई भने भर्खरै पिपीआर रोगविरुद्धको खोप लागएकाले केही समयपछि मात्र खोरेतविरुद्धको खोप लगाइने उनले बताए । 

खोरेत लागेका पशुको खुट्टा तथा मुखको वरिपरि घाउ हुने, गन्हाउने, पाक्ने,  ज्वरो आउनेलगायत लक्षण देखिने पशु विकास अधिकृत पौडेलले बताए । अभियानलाई सफल पार्न किसानका  घरगोठमा पुगेर खोप लगाइने जानकारी पनि उनले दिए । 


Author

थप समाचार
x