बागमती

हात्तीवनको सोफा फ्याक्ट्रीमा आगलागी हुँदा एक जनाको मृत्यु

इकागज |
चैत २४, २०८० शनिबार १२:५८ बजे

फाइल तस्बिर

काठमाडौँ- ललितपुरको हात्तीवनस्थित एक सोफा फ्याक्ट्रीमा आज भएको आगलागीमा परेर एकजनाको मृत्यु भएको छ । मृतकको पहिचान हुन नसकेको ललितपुरका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार घटना आज बिहान ६ बजेतिर भएको थियो । आगलागीको कारण नखुले पनि विद्युत् चुहिएको आशंका गरिएको सुवेदीले बताए । उनका अनुसार सोफा बनाउने फ्याक्ट्री ‘सिक्मा मेटल इन्टेक्स प्रालि’मा आगलागी भएको र अहिले आगो नियन्त्रणमा आइसकेको छ ।


क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको बताउँदै प्रउ सुवेदीले प्रारम्भिक रुपमा हेर्दा फ्याक्ट्रीमा रहेका सोफा तथा कच्चापदार्थहरु जलेर नष्ट भएको जानकारी दिए । 


Author

थप समाचार
x