बागमती

बागमती प्रदेशसभाको बैठक आज राति १२ बजेदेखि अन्त्य

इकागज |
बैशाख १२, २०८१ बुधबार १९:३५ बजे

फाइल फाेटाे

मकवानपुर - बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज राति १२ बजेदेखि अन्त्य गरेका छन् । उनले नेपालको संविधानको धारा १८३ को उपधारा २ अनुसार प्रदेशसभाको अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए । 

प्रदेशसभाको गत चैत १९ गते बसेको बैठकमा मुख्य मन्त्री शालिग्राम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिनु भएपछि सभामुख भुवनकुमार पाठकले अर्को सूचना नभएसम्मको लागि बैठक स्थगित गरेका थिए । 



Author

थप समाचार
x