स्थानिय सरकार

सार्वजनिक बिदाको दिन पनि सवारी साधानको ट्रायल गर्न मन्त्रीको निर्देशन

सार्वजनिक-बिदाको-दिन-पनि

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:५ बजे

काठमाडौँ – बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले सार्वजनिक बिदाको दिनमा समेत सवारी साधानको ट्रायल सुरु गर्न निर्देशन दिएका छन् ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बागमती एकान्तकुना ललितपुरको बारेमा गुनासो आएपछि सोमबार स्थलगत अनुगमन र कर्मचारीसँग छलफल गर्दै मन्त्री दाहालले जनताका गुनासो धेरै आएको भन्दै विदामा समेत ट्रायल सुरु गर्न निर्देशन दिएका हुन् ।

आफू यसअघि नै स्थलगत निरीक्षणका लागि आएको बताउदै उनले आफूहरु आएर निर्देशन दिदाँ समेत सुधार नआएपछि मिडिया र जनताहरुको गुनासोलाई अन द स्पोट कर्मचारीहरुसँग स्पष्टीकरण र कारवाही सुरु गरेको बताए ।

त्यस्तै कर्मचारी बाहेकका व्यक्तिहरु कार्यालय भित्र प्रवेश गरेर चलखेल गरेको बिषयमा पनि स्पष्टीकरण सोधेको जानकारी दिए ।

सोही अवसरमा मन्त्रालय सचिव नेत्र सुवेदीले यातायताको समस्या हल गर्न डिजिटल प्रणालीलाई थप प्रभावकारी बनाइने बताए ।



Author

थप समाचार
x