बागमती

मेयरमा उम्मेदवारी दिन प्रदेश सांसद सुवेदीले दिए राजीनामा

इकागज |
बैशाख ८, २०७९ बिहीबार १६:१६ बजे

मकवानपुर । आसन्न स्थानीय तह निर्वाचन -२०७९ मा उम्मेदवार बन्ने पक्का भएपछि बागमती प्रदेशका प्रदेश सांसद बिजय सुबेदीले पदबाट राजीनामा दिएका छन् । 

सुबेदीले आज बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् । 


प्रदेश सांसद सुबेदी नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको मेयर पदमा सर्वसम्मत सिफारिस भएका छन् । गत स्थानीय निर्वाचनमा एमालेका देवी ज्ञवाली भरतपुरमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त उम्मेदवार रेनु दाहालसँग झिनो मतान्तरले पराजित भएका थिए। 

यसपटक पनि उनी सोहि स्थानमा संभवत सोही व्यक्तिसंग चुनावी मैदानमा आउदैछन । स्थानीय तहको विकासमा आफ्नो लगाव रहेको र पार्टीले अवसर दिने भएपछि आफूले प्रदेशको सांसद पद त्यागेको उनले बताए । 


Author

थप समाचार
x