गण्डकी

मुस्ताङबाट खोल्यो कांग्रेसले खाता, गौचन विजयी

इकागज |
मंसिर ५, २०७९ सोमबार ११:४६ बजे

काठमाडौँ- मुस्ताङमा प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन् । एमालेका निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई हराउँदै गौचन निर्वाचित भएका हुन् ।

गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन् ।


राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत पाएका छन् ।

गेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वसांसद रोमी गौचनका छोरा हुन् ।


Author

थप समाचार
x