गण्डकी

एमाले गण्डकी : मतदान सकियो, मतगणनाकाे तयारी

इकागज |
असोज १८, २०८० बिहीबार २१:२० बजे

पोखरा- नेकपा एमाले गण्डकी प्रदेशकाे नेतृत्वका लागि भएकाे मतदान सकिएकाे छ । बिहीबार दिउँसाे १२ बजेदेखि सुरु भएको मतदान राति ९ बजे सकिएको हो ।

कुल ९ सय ७ प्रतिनिधि रहेकामा ८ सय ९६ जना मतदानमा सहभागी भएकाे निर्वाचन कमिटीले जानकारी दिएकाे छ । विद्युतीय माध्यमबाट भएकाे मतदानकाे केहीबेरमा मतगणना सुरु गर्ने तयारी छ ।


गण्डकी प्रदेशकाे पहिलाे अधिवेशनबाट अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारी प्रतिस्पर्धामा छन् ।

मिनप्रसाद गुरुङ र बाबुरामराम विकले उपाध्यक्ष, धनन्जय दवाडी र रश्मि आचार्यले सचिवमा प्रतिस्पर्धामा छन् । सहसचिवमा दामबहादुर विक र सन्तोष रावल, सहसचिव महिलातर्फ मन्जु अधिकारी र मिना गुरुङ चुनावी मैदानमा छन् ।


Author

थप समाचार
x