गण्डकी

एमाले तनहुँको अध्यक्षमा कँडेल विजयी

इकागज |
जेठ २, २०८१ बुधबार ८:१० बजे

तनहुँ- नेपाल कम्युनिस्ट पार्टी (एमाले) तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी भएका छन् । मंगलबार राति सम्पन्न अन्तिम मतपरिणामअनुसार दुई सय ९२ मत प्राप्त गरी उनी विजयी भएका हुन् । 

अध्यक्षका प्रतिस्पर्धी विष्णुभक्त सिग्देलले दुई सय चार मत प्राप्त गरेको निर्वाचन कमिटीका अध्यक्ष पदमलाल लामिछानेले जानकारी दिए ।


यसैगरी उपाध्यक्षमा राजेश्वर ढकाल, सचिवमा प्रदीपराज अधिकारी, उपसचिव खुलामा खिमबहादुर कुमाल, उपसचिव महिलामा सुनिता नेपाली विजयी भएका छन् । 

अधिवेशनले ९९ सदस्यीय जिल्ला कमिटी र पाँच सदस्यीय लेखा कमिटी निर्वाचित गरेको छ । पाँच सय ८५ मतदातामध्ये पाँच सय ६० जनाले मतदान गरेका थिए ।


Author

थप समाचार
x