गण्डकी

गण्डकीमा एमोलेले गर्‍यो सदन अवरोध

इकागज |
असार २८, २०७८ सोमबार ११:२० बजे

पोखरा : बजेटमाथिको छलफलको दोस्रो दिन पनि प्रतिपक्षी नेकपा एमालेले सदन अवरोध गरेको छ । एमालेको अवरोधपछि सभामुख नेत्रनाथ अधिकारीले बैठकलाई १२ बजेसम्म स्थगित गरेका छन् । 

कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले १६ करोड रुपैयाँ रकमान्तरको विषयमा स्पष्ट जानकारी नगराएसम्म एमालेले सदन चल्न नदिने बताएको थियो । 


सभामुख अधिकारीले बजेटमाथिको छलफल गर्नुपर्ने र बजेट पास नहुने अवस्था आउन सक्ने भन्दै बजेट छलफलमा भाग लिन एमालेलाई सुझाव दिए । उनले एमालेले उठाएका विषयबारे सरकारलाई बोल्न दिनपनि बैठक अघि बढाइनुपर्ने बताए । ‘तपाईंहरूले उठाएको विषयबारे मैले सरकारलाई रुलिङ गरेको छु । कम्तिमा तपाईंहरूले उठाएका प्रश्न बारे सरकारलाई बोल्न दिन पर्‍यो,’ उनले भने ।


Author

थप समाचार
x