लुम्बिनी

बाघ हेर्न निकुञ्‍जमा पर्यटक बढे

इकागज |
साउन ३०, २०७९ सोमबार १४:२० बजे

फाइल तस्बिर

बाँके- बर्दिया राष्ट्रिय निकुञ्‍ज घुम्‍न आउने पर्यटकको सङ्ख्या बढेको छ । यसवर्ष बर्दिया राष्ट्रिय निकुञ्‍जमा एक सय २० वटा पाटे तथा वयस्क बाघ गणना भएको छ ।

बाघ हेर्न उद्देश्यले पर्यटक जङ्गल घुम्छन् । बाघ देखेपछि निकुञ्‍ज घुम्‍ने पर्यटक खुसी हुने गरेको पथप्रदर्शक अनुराम चौधरीले बताए । 'यो मौसममा पर्यटकको बाघ हेर्ने इच्छा पूरा हुन्छ,' चौधरी भन्छन्, 'बाघ देख्दा उनीहरु खुसी हुन्छन् ।' बाघकै कारण पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा यो निकुञ्‍ज परेको छ । निकुञ्‍जको मुख्य क्षेत्र घुम्‍ने पर्यटकको सङ्ख्या बढेको प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । 


गत आर्थिक वर्षमा १० हजार बढीले निकुञ्‍ज घुमेका छन् । 'यो सङ्ख्या हाम्रो लागि सुखद हो,' प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने, 'अहिले बाघ देखिने मौसम भएकोले पर्यटकको सङ्ख्या बढ्ने विश्वास छ ।'


Author

थप समाचार
x