लुम्बिनी

बुटवल उपमहानगरद्वारा कर्मचारीकाे इन्धन र मोबाइल खर्च कटौती

इकागज |
भदौ ५, २०७९ आइतबार १७:२७ बजे

बुटवल- बुटवल उपमहानगरपालिकाले कर्मचारीलाई दिँदै आएको इन्धन र मोबाइल खर्च कटौती गरेको छ ।

नगर कार्यपालिका बैठकले कर्मचारीहरूले लिँदै आएको इन्धन र मोबाइल खर्च कटौती गर्ने निर्णय गरेको नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । नगरको खर्चमा मितव्ययी हुन निर्णय गरिएको मेयर पाण्डेयले बताए ।


बैठकले २ अर्ब लागतमा बुटवल-१५ कर्साघाटमा निर्माण हुने आधुनिक प्रविधियुक्त कृषि उपज थोक बजार सम्बन्धी आयोजना प्राथमिकता प्राप्त आयोजनाका रुपमा अघि बढाउने निर्णय गरेको छ ।

मंसिरभित्र उपभोक्ता समितिसँग सम्झौता गर्ने र माघभित्रै ठेक्का प्रक्रियाबाट सञ्चालन हुने योजनाहरूको सम्झौता गर्ने वार्षिक कार्य सञ्चालन तालिका स्वीकृत गरेको नगर प्रवक्ता शिव रानाले जानकारी दिए ।


Author

थप समाचार
x