सन्धिखर्क नगरपालिकाले दियो ऋषि पञ्चमीमा सार्वजनिक बिदा
अर्घाखाँची- सन्धिखर्क नगरपालिकाले नेपाली महिलाहरूको महान् पर्व तीजको अवसरमा ऋषि पञ्चमीको दिन सार्वजनिक बिदा दिएको छ ।
सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठको उपस्थितिमा आज बसेको बैठकले ऋषि पञ्चमीको दिन नगरभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
ऋषि पञ्चमीको अवसरमा यही भदौ १६ गतेका दिन नगरपालिकाको कार्यालयसहित मातहतका वडा कार्यालय, स्वास्थ्य इकाई तथा शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिइएको नगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया