लुम्बिनी

तीजमा नाचगान गर्दा चट्याङ लागेर दुई जनाको मृत्यु

इकागज |
भदौ १५, २०७९ बुधबार १०:५८ बजे

दाङ- चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । गएराति तीजको अवसरमा नाचगान भइरहेको समयमा घोराही उपमहानगरपालिका- १२ गुरौमा चट्याङ लागेर उनीहरूको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार चट्याङ लागेर १२ महिला घाइते भएका छन् । उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर छ । घटनास्थल टेलिफोनको समस्या भएकाले थप जानकारी प्राप्त हुन नसकेको प्रवक्ता गौतमले बताए । रासस



Author

थप समाचार
x