सामन्ती निरंकुश र केन्द्रीय राज्य व्यवस्थाबाट सृजित सबै विभेद अन्त्य भयो : प्रदेश प्रमुख शेरचन
फाइल फोटो
काठमाडौँ - लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सामन्ती निरंकुश र केन्द्रीय राज्य व्यवस्थाबाट सृजित सबै विभेद अन्त्य भएको बताएका छन् ।
संविधान दिवस २०७९ को अवसरमा बुटवलमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले संविधानले सबै जातजाति,भाषाभाषी उत्पीडित वर्ग,धार्मिक तथा सांस्कृतिक सबैलाई एकताबद्ध गरेको बताए ।
उनले नेपालको संविधान विश्वमा नै उत्कृष्ट भएको जिकिर गर्दै शेरचनले संविधानले सबैलाई हक अधिकार सम्पन्न बनाएको र संविधान नेपाली जनतामा निहित भएको बताए । प्रदेश प्रमुख शेरचनले अब देशलाई सामाजिक न्याय सहित समानता समुन्नत नेपाल निर्माण गर्ने दायित्व आएको बताउदै सम्पूर्णलाई जिम्मेवार भएर लाग्न आग्रह गरे ।
शुभकामना आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्ण बहादुर घर्ती, मन्त्रीहरु, सभासदहरु, सुरक्षाकर्मीहरु लगायतका सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया