Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

लुम्बिनी

बर्दियामा चार सय ९४ बिघाको धानबाली नदीले बगायाे

इकागज |
असोज २८, २०७९ शुक्रबार १४:४८ बजे

बर्दिया- राजापुर, गुलरिया, मधुवन, बारबर्दिया क्षेत्रमा काटेर खेतमै सुकाइएको धान नदीले बगाएको छ ।

बुधबारदेखि धानबाली क्षतिको लगत लिन थालेको एकीकृत कृषि तथा पशुपक्षी कार्यालयका सूचना अधिकारी सन्तोष पाठकले बताए । उनका अनुसार गुलरिया, मधुवन र बारबर्दियामा प्रारम्भिक लगतअनुसार चार सय ९४ बिघा धानबालीमा क्षति पुगेको छ । त्यस्तै तीन सय नौ बिघामा लगाइएको धानबाली पूर्ण क्षति भएको छ भने एक सय ८५ बिघामा लगाएको धानमा आंशिक क्षति पुगेको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको क्षतिको पूर्ण विवरण भने आइनसकेको उनले जानकारी दिए ।


गत वर्ष धान काट्दै गर्दा बाढी आएर बगाएको थियो भने यस वर्ष पाकेको धानबाली ढालेको र हिलोले पुरेको कृषक गेरुवा वडा नं ३ कि भूमिसरा चलाउनेले बताइन् । धानको क्षति भएकाले यस वर्ष पनि विचल्लीमा परेको सुन्दरी थरुनीले गुनासो गरिन् । गत वर्ष पनि धानको क्षतिको विवरण लिएर गए पनि धानको क्षतिपूर्ति नदिएको गुनासो उनकाे छ ।

कर्णाली नदीमा आएको बाढीले करिब एक हजार पाँच सय परिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।


Author

थप समाचार
x