Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

लुम्बिनी

अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगञ्जमा वर्षमा चार सय ७५ उजुरी

इकागज |
असोज ३०, २०७९ आइतबार १५:४२ बजे

खजुरा- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जमा एक वर्षमा चार सय ७५ उजुरी दर्ता भएका छन् । 

गत आव २०७८/७९ मा सो कार्यालयमा त्यस अघिको आर्थिक वर्ष २०७७/७८ बाट जिम्मेवारी सरेर आएका दुई सय ७३ उजुरी फर्छ्याेट हुन सकेका थिए । जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका गरी गत आवको अन्त्यसम्म सात सय ४८ उजुरी फर्छ्योटकाे जिम्मेवारी रहेको आयोगले ७०.५ प्रतिशत उजुरी फर्छ्याेट गर्न सफल भएको कार्यालयका सूचना अधिकारी श्रीधर टण्डनले बताए । 

आयोगको वार्षिक प्रतिवेदनअनुसार गत आव २०७८/७९ को अन्त्यसम्म जिम्मेवारी सरेर आएका एक सय ५६ र गत आवमा परेकामध्ये तीन सय ६८ गरी पाँच सय २४ उजुरी फर्छ्याेट भएका छन् । आयोगको सम्पर्क कार्यालय नेपालगञ्जमा आव २०७८/७९ को अन्त्यसम्मका सात सय ४८ मध्ये विस्तृत अनुसन्धानका लागि ३५ उजुरी गएका छन् भने एक सय ७७ सिधैँ तामेली तथा सुझावसहितको तामेली भएको उजुरीको सङ्ख्या ३६ रहेको सूचना अधिकारी टण्डनको भनाइ छ । 

टण्डनका अनुसार दुई सय ७६ उजुरीमा अन्य कारबाही भएका छन् । सम्पर्क कार्यालयमा विभिन्न माध्यममार्फत परेका उजुरीमध्ये दुई सय २४ वटा चालू आर्थिक वर्ष २०७९/८० का लागि सरेर आएका छन् । अख्तियार दुरुपयोग अनुसन्धानले आयोगले अघिल्लो आर्थिक वर्षमा देशभर परेका उजुरीमध्ये ७० दशमलव ६ प्रतिशत उजुरी फर्छ्याेट भएको जनाएको छ । 

चार जिल्ला कार्यक्षेत्र रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल अन्तर्गतको सम्पर्क कार्यालय नेपालगञ्जमा चालू आर्थिक वर्ष २०७९/८० को साउनदेखि हालसम्म एक सय १६  उजुरी दर्ता भइसकेका छन् । विभिन्न माध्यमबाट एक सय १६ उजुरी दर्ता भएका हुन् । 


चालू आवको साउनमा ५६, भदौमा ३९ र असोजमा २१ उजुरी दर्ता भएका छन् । सम्पर्क कार्यालयमा हुलाकमार्फत ४२, समाचारपत्रमार्फत चार, लिखित निवेदन ३१, टोलिफोनबाट नौ, इमेलमार्फत ३० उजुरी दर्ता भएका थिए । अहिले कार्यालयको फेसबुक पेज, हटलाइन नम्बर १०७, इमेललगायत माध्यमबाट उजुरी दिने व्यवस्था रहेको कार्यालयका सूचना अधिकारी टण्डनले बताए ।

उनका अनुसार अख्तियारमा सबैभन्दा बढी स्थानीय तहअन्तर्गत योजना विकास निर्माण, कर्मचारी नियुक्तिको प्रक्रिया, सरकारी जग्गा अतिक्रमण, सामुदायिक वनका विवाद, जस्ता उजुरी आउने गर्दछ ।


Author

थप समाचार
x