सुकुम्बासीका घर टहरा भत्काउन हुन्न : गृहमन्त्री खाण
बुटवल- गृहमन्त्री बालकृष्ण खाणले उपयुक्त विकल्प र व्यवस्थापनविना सुकुम्बासी नागरिकहरूका घर टहरा भत्काउन नहुने बताएका छन् । रुपन्देही- ३ बाट पाँच दलीय गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाणले बुटवल उपमहानगरपालिका- १६ मा चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै सुकुम्बासीहरू अहिले जस्तो अवस्थामा बसेका छन्, उनीहरू त्यस्तै अवस्थामा बस्न पाउनु पर्ने बताए ।
उनीहरूलाई बसोबास गरेको स्थानबाट सार्नैपर्ने अवस्था आएमा उपयुक्त विकल्प दिएर, त्यो विकल्पमा व्यवस्थापन गरेर मात्रै सार्नुपर्ने उनको मत छ । अहिले मुलुकभरका केही नगरपालिकाले महत्त्वपूर्ण चाडपर्वको मुखैमा विकल्पविना सुकुम्बासीका घर टहरा भत्काएपछि गृहमन्त्री खाणको यस्तो धारणा आएको हो ।
उनले आफूले गृह प्रशासनलाई घर टहरा भत्काउने अन्य सरकारी निकायको कार्यमा सहभागी नहुन निर्देशन दिइसकेको बताए । गृहमन्त्री खाणले इतिहास र भूमिका नभएका राजनीतिक दल र ती दलमा आवद्ध नेताबारे टिकाटिप्पणी गर्नुको औचित्य नभएको बताए ।
बुटवलको सेमलारमा कृषि थोक बजार केन्द्र आयोजना अहिले सरकारको नीति तथा कार्यक्रम र बजेटमा परेको भन्दै उनले त्यो आयोजना पूरा गरेर भरपूर फाइदा लिनुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया