Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

लुम्बिनी

रुपन्देही २ मा गठबन्धनले जनमुक्ति पार्टीका थापालाई साझा उम्मेदवार बनाउने

इकागज |
कात्तिक ९, २०७९ बुधबार १७:१३ बजे

बुटवल- निर्वाचन कार्यालयले खारेज गरिदिएपछि उम्मेदवारविहीन भएको रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवारलाई साझा उम्मेदवार बनाउने भएको छ ।

गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङको उम्मेदवारी खारेज भएपछि खाली भएको रुपन्देही २ मा गठबन्धनले जनमुक्ति पार्टीका केशवबहादुर थापालाई साझा उम्मेदवार बनाउने भएको हो ।


आज अपरान्ह कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति प्रकाशित गर्दै थापालाई साझा उम्मेदवार बनाउने जनाए । कालोसूचीमा नाम रहेको भन्दै निर्वाचन कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरिदिएको थियो ।

आयोगविरुद्ध सर्वोच्च पुगेका गुरुङको रिट सर्वोच्चबाट पनि खारेज भएपछि रुपन्देही २ सत्ता गठबन्धनको उम्मेदवारविहीन भएको थियो ।


Author

थप समाचार
x