Ekagaj Logo
३० कात्तिक २०८१, शुक्रबार
(Friday, 15 November, 2024)

लुम्बिनी

बुटवलमा अप्रेसन गर्नसमेत मिल्ने एम्बुलेन्स सेवाकाे शुभारम्भ

इकागज |
कात्तिक ३०, २०७९ बुधबार १७:१७ बजे

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आईसियूसहितको एम्बुलेन्सको सञ्चालन गरिएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयबाट विनियोजित १ करोड बजेटबाट ए ग्रेडको आईसियुसहितको सुविधा सम्पन्न एम्बुलेन्सको बुधबार लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले शुभारम्भ गरे ।

डा. देवकोटाले ए ग्रेडको एम्बुलेन्स बिरामीलाई एक ठाउँदेखि अर्को ठाउँसम्म उपचारको लागि ट्रान्सफरटेशन मात्रै नभएर उपचारसमेत प्राप्त हुने बताए । ए ग्रेडको आईसियुसहित दक्ष स्वास्थ्यकर्मीको रोहबरमा एम्बुलेन्सभित्रै बिरामीले स्वास्थ्य सेवा पाउने भएकाले सरकारी अस्पतालमा न्यूनतम रकममा विरामीलाई सेवा दिनुपर्ने बताए ।


अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. इन्द्र ढकालले ए ग्रेडको एम्बुलेन्सभित्र स्वास्थ्यकर्मीसमेत रहने भएकाले डेलिभरीको अप्रेशन समेत गर्न सकिने बताए । उनले ए ग्रेडको एम्बुलेन्सले अस्पतालको सेवालाई एक कदम अगाडि बढ्न मद्दत पुग्ने बताए । एम्बुलेन्स ९२ लाखमा खरिद भएको हो ।


Author

थप समाचार
x