लुम्बिनी

लुम्बिनीमा प्रदेश निजामति कर्मचारी सेवा ऐन बन्दै

इकागज |
असार २२, २०८० शुक्रबार १४:२ बजे

फाइल तस्बिर

बुटवल- लुम्बिनीमा प्रदेश निजामति कर्मचारी सेवा ऐन आउने भएको छ । लुम्बिनी प्रदेश सरकारले कर्मचारीहरुको हितलाई ख्याल गर्दै कर्मचारीको वृद्धि विकासका लागि प्रदेश निजामति कर्मचारी सेवा ऐन ल्याउन लागेको हो । शुक्रवार बसेको लुम्बिनी प्रदेश मन्त्री परिषद्को बैठकले यस्तो निणर्य समेत गरेको छ ।

बैठकले प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेक प्रदेश सभा समक्ष पेश गर्ने निणर्य गरेको सरकारका प्रबक्ता तथा आन्तरिक मामिला मन्त्री सन्तोष कुमार पाण्डेयले जानकारी दिए ।


मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेशमा रहेका कर्मचारीहरुको वृद्धि विकास र सहज व्यबस्थापनका लागि सरकारले ऐन ल्याउन लागेको र त्यो छिट्टै कार्यान्वयनको चरणमा जाने बताए । मुख्यमन्त्री चौधरीले सबैको सुझाव समेटेर ऐन तयारी भएको बताए ।


Author

थप समाचार
x