लुम्बिनी

जनतालाई सहजरुपमा सेवा दिन कार्यालय प्रमुखलाई निर्देशन

इकागज |
असार २७, २०८० बुधबार १९:११ बजे

फाइल फोटो

रुपन्देही - बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सेवा प्रवाहमा सुधार ल्याउन बुटवलका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् । 

बुटवल उपमहानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले बुटवलभित्रका सबै कार्यालयबाट प्रदान गरिने सेवामा सुधार ल्याउँदै जनतालाई सहजरुपमा सेवा दिन निर्देशन दिए । उनले बुटवल उपमहानगरपालिकाले दिने सेवालाई अझ प्रभावकारी बनाउन नागरिकको पहुँच विस्तार गर्न ‘च्याटबट’ सञ्चालनमा ल्याएको र सहायता कक्षसमेत सञ्चालन गरेको बताए । “बुटवल उपमहानगरका सेवामा समस्या छन् भने हामी सुधार गर्छौँ”, उनले भने, “अरु कार्यालयका समस्या प्राथमिकताअनुसार सुधार गर्दै जान म यहीँबाट अनुरोध गर्छु ।”


उनले बुटवललाई उत्कृष्ट नगर बनाउन बुटवलवासी र बुटवलका संघसंस्थाको पनि उत्तिकै भूमिका हुने बताए ।  उनले भने, “सबैले सबैतिरबाट सबैले नगरलाई सफा सुन्दर र हराभरा बनाउन र समृद्ध बनाउनका लागि भूमिका खेल्न जरुरी छ ।” कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई समृद्ध बनाउनका लागि सबै पक्षको साथ र सहयोग जरुरी रहेको बताए । उनले बुटवलभित्रका सरकारी कार्यालयको सेवा प्रवाहमा सुधार ल्याउनका लागि सुझाव दिए । 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले नगरका सेवासुविधालाई प्रभावकारीरुपमा प्रवाह गर्न तत्पर रहेको भन्दै कुनै गुनासो रहेमा सिधै सुझाव दिन आह्वान गरे । रासस


Author

थप समाचार
x