लुम्बिनी

शिथिल अर्थतन्त्र नयाँ मौद्रिक नीतिले चलायमान हुन्छ : अर्थमन्त्री महत

इकागज |
साउन ८, २०८० सोमबार १०:२९ बजे

पत्रकार भेटघाटमा बोल्दै अर्थमन्त्री प्रकाशशरण महत । तस्बिर : बिक्रम खड्‌का/इकागज

बुटवल- अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नयाँ मौद्रिक नीतिले शिथिल बनेको अर्थतन्त्र चलायमान हुने बताएका छन्  । मौद्रिक नीतिले बैंकहरूको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुँजी प्रवाह बढ्न गई लगानीको वातावरण सहज हुने बताए ।

‘मौद्रिक नीतिले पोलिसी रेट ६.५ प्रतिशत तोकेको छ,यसले बैंक ब्याज दर स्वतः खुकुलो हुन्छ र बजारमा पुँजी प्रवाह बढ्छ,जग्गा कारोबार पनि सहज हुन्छ’–नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा अर्थमन्त्री महतले भने–‘अब छिट्टै शिथिल बनेको अर्थतन्त्र चलायमान हुन्छ ।’


आफूले तस्करीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकाले सय केजी सुन पक्राउ परेको दाबी गर्दै अर्थमन्त्री महतले यस प्रकरणमा जरैसम्म पुगेर अनुसन्धान हुने बताए ।

पार्टीको केन्द्रीय समिति बैठक लाइभ हुँदा बाहिर चर्चाका लागि बोल्ने नेताहरूबारे भ्रम हटेको प्रवक्ता महतले बताए । नेपाल प्रेस युनियन रूपन्देहीका अध्यक्ष कविन्द्र नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रम सचिव कपिल ज्ञवालीको सञ्चालनमा भएको थियो ।


Author

थप समाचार
x