लुम्बिनी

स्रोत नखुलेको ४८ लाख रुपैयाँसहित एक जना समातिए

इकागज |
साउन १०, २०८० बुधबार ११:१ बजे

बुटवल- कपिलवस्तुमा स्रोत नखुलेको अवैध भारतीय रुपैयाँ र नेपाली रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु  नगरपालिकाको आन्दोलन चौकस्थित रामदेव बर्माको घरबाट कपिलवस्तु नगरपालिका–१ का ४७ वर्षीय सुनिलकुमार गुप्तालाई प्रहरीले रकम सहित पक्राउ गरेको हो ।

आन्दोलन चौकस्थित रामदेव बर्माको घरमा कोठा भाडा लिई अवैध रुपमा भारतीय रुपैयाँको कारोबार गरिरहेको सूचनाको आधारमा गुप्तालाई पक्राउ गरिएको कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले जानकारी दिए ।


गुप्ताले कोठामा लुकाई छिपाई राखेको अवस्थामा स्रोत नखुलेको २४ लाख १३ हजार २५५ नेपाली रुपैयाँ र अवैध भारतीय रुपैयाँ १४ लाख ९४ हजार ९२० गरी ४८ लाख पाँच हजर १२७ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गुप्तालाई बरामद भएको रकमसहित राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाउन लागेको प्रहरी उपरीक्षक बस्नेतले बताए ।


Author

थप समाचार
x