लुम्बिनी

सम्पर्क कार्यालय काठमाडौँमा राख्ने निर्णयबाट पछि हट्‌यो लुम्बिनी विकास कोष

इकागज |
साउन २८, २०८० आइतबार १२:६ बजे

बुटवल- सम्पर्क कार्यालय काठमाडौँमा राख्ने निर्णयबाट लुम्बिनी विकास कोष पछि हटेको छ । स्थानीयको विरोधपछि सम्पर्क कार्यालय काठमाण्डौमा राख्ने निर्णयबाट लुम्बिनी विकास कोष पछि हटेको हो ।

कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले एक विज्ञप्ति जारी गरी कोषको सम्पर्क कार्यालय काठमाडौँमा राख्ने निर्णय कार्यान्वयन नगर्ने प्रतिवद्धता जनाएका हुन् । काठमाडौँमा सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय पुरानो भएको भन्दै उपाध्यक्ष लामाले यसअघि निर्णय गरिएको भएपनि अब त्यसलाई अगाडि नबढाइने प्रतिवद्धता जनाए ।


सम्पर्क कार्यालय काठमाडौँमा स्थापना गर्न प्रस्ताव गर्ने निर्णयबारे स्थानीयले आपत्ति जनाएपछि उपाध्यक्ष लामाले उक्त निर्णय कार्यान्वयन नगर्ने प्रतिवद्धता जनाएका हुन् ।

नवनियुक्त उपाध्यक्ष लामाको अध्यक्षतामा शुक्रबार बसेको पहिलो बैठकमा लुम्बिनीको सम्पर्क कार्यालय काठमाडौँमा स्थापना गर्न आगामी कार्यकारिणी समिति वा परिषद् बैठकमा प्रस्ताव पेश गर्ने निर्णय गरिएको थियो । आफू बुद्धजन्मस्थल लुम्बिनीको विकास गर्न आएको भन्दै उपाध्यक्ष लामाले लुम्बिनीका बासिन्दाको भावनामा ठेस पुग्ने गरी कुनै पनि निर्णय नगर्ने बताएका छन् ।


Author

थप समाचार
x