लुम्बिनी

अरिङ्गालले टोकेर एक जनाको मृत्यु

इकागज |
साउन ३०, २०८० मंगलबार १२:४९ बजे

सांकेतिक तस्बिर

गुल्मी- गुल्मीमा अरिङ्गालले टोकेर मुसिकोट नगरपालिका–४ का २१ वर्षीय शैलेससिंह ठकुरीको मृत्यु भएको छ । सोमबार अरिङ्गालले टोके पनि मंगलबार बिहान उनलाई गुल्मी अस्पताल लगिएको थियो । 

तर उपचारका क्रममा उनको गुल्मी अस्पतालमा मृत्यु भएको हो । सोमबार बेलुका देविस्थान सामुदायिक जंगलमा सल्लाको बोटमा रहेको अरिङ्गागालको गोलो पोल्ने क्रममा उनलाई टोकेको थियो ।



Author

थप समाचार
x