लुम्बिनी

बलात्कारको आरोपमा  ५३ वर्षीय विश्वकर्मा पक्राउ

इकागज |
भदौ ३, २०८० आइतबार ९:२७ बजे

सांकेतिक तस्बिर

बर्दिया- बलात्कारको आरोपमा ५३ वर्षीय पुरूषलाई पक्राउ गरिएको छ ।

मधुवन नगरपालिका– १ बहादुरपुरका ५३ वर्षीय कर्णबहादुर विश्वकर्मालाई पक्राउ गरिएको हो ।


सुष्त मनिस्थितिकी २४ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई जबर्जस्ती करणी गरेपछि उजुरी आएपछि बर्दिया प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान प्रकिया अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी तथा सूचना अधिकारी हिक्कतबहादुर बोहोराका अनुसार उनलाई इलाका प्रहरी कार्यालय ढोढरीले शनिबार दिउँसो पक्राउ गरेर अहिले हिरासतमा राखेको छ । उनीमाथि अनुसन्धान जारी छ ।


Author

थप समाचार
x