लुम्बिनी

अन्तर्राष्ट्रिय जगतमा बुद्ध भारतमा जन्मिएको भ्रमको अन्त्य गर्छु : ल्यार्क्याल लामा

इकागज |
भदौ १०, २०८० आइतबार ११:३० बजे

लुम्बिनी- संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्यार्क्याल लामाले लुम्बिनी तिलौराकोट लगायतको क्षेत्रहरूको संरक्षण तथा सम्बर्द्धनको लागी महत्त्वपूर्ण सक्रियता देखाएका छन् । 

गौतम बुद्धले लुम्बिनीमा जन्म लिएर २९ वर्ष बिताएको तिलौराकोट भारतमा रहेको भ्रम नेपालकै सक्रियता, ज्ञान, अध्यान, पुरातत्वको उत्खननको अभावले भएको बताएका उनले बताए । सांस्कृतिक रूपमा भारतको अर्थ समथर भू-भाग रहेको हुँदा बंगलादेश देखिको नेपालसम्मको  समथर भू-भाग विभिन्न ग्रहन्थहरुमा सांस्कृतिक रूपमा भारत उल्लेख भएको हुँदा यो बुद्धको जन्मबारे भ्रम सिर्जना भएको बताउँदै उनले उक्त अन्तर्राष्ट्रिय रूपमा रहेको उक्त भ्रमको अन्त्य आफ्नै कार्यकालमा गर्ने बताए । 


उनले तिलौराकोटमा बुद्धले बाल्यकाल बिताएको भूमि भएको र  करिब  २५ सय वर्षअघिको गणराज्य भएको हुदा यहाँको उत्खनन आवश्यक रहेको बताएका हुन् । भेटमा तिलौराकोट गौतम बुद्धका बुबा राजा शुद्धोधनको राजप्रसादले पनि चिनिन्छ।

तिलौराकोटभित्र विशेष गरी तीन भग्नावशेष छन्। ती दरबार, पूर्वी द्वार र पश्चिमी द्वार हुन्। यी स्थानमा प्राचीन इँटा र ढुंगा प्रशस्त मात्रामा देख्न सकिन्छ। यही नै यसको प्रमुख आकर्षण हो। तिलौराकोट विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने तयारीमा समेत रहेको छ।


Author

थप समाचार
x