लुम्बिनी

जयेन्दु बाल सुधार गृहमा झडप : एकको मृत्यु, ११ घाइते

इकागज |
असोज ५, २०८० शुक्रबार ८:४६ बजे

बुटवल- बाँकेको डुडुवा गाउँपालिकामा रहेको बाल सुधार गृहमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।

जयेन्दु बाल सुधार गृहमा गए राति झडप भएको थियो । झडपमा ११ जना घाइते भएका र एक जनाको उपचारको क्रममा निधन भएको बाँकेकमा प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए ।


कञ्चन गाउँपालिका–४ रूपन्देहीका सुलभ केसीको मृत्यु भएको बताइएको छ। उनी अपहरण, शरीरबन्धक र जबरजस्ती करणी कसुरमा सुधार गृहमा थिए।

झडपमा १० जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ।


Author

थप समाचार
x