लुम्बिनी

बिमाप्रतिको विश्वसनीयता बढाउनुपर्छ : मुख्यमन्त्री चौधरी

इकागज |
मंसिर १९, २०८० मंगलबार १४:४१ बजे

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिमा सेवाको विश्वसनीयता बढाउनु पर्ने अवस्था आएको बताएका छन् । विश्वसनीयता बढे मात्रै पनि यसको महत्व र आवश्यकता बढ्ने भन्दै मुख्यमन्त्री चौधरीले बिमामा गुमिरहेको विश्वास फर्काउनु पर्ने बताए ।

नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा भएको प्रदेश सरकार र बिमा प्राधिकरणबीचको अन्तरक्रिया तथा छलफल कार्यक्रममा मुख्यमन्त्री चौधरीले कोरोनापछि बिमा कम्पनीहरूको विश्वास गुम्दै गएको भन्दै अब विश्वसनीयता बढाउन सके प्रदेश सरकारले समेत आवश्यकताअनुसार बिमा नीति बनाउने बताए ।


‘बिमा सुविधा प्राथमिकतामा पनि पर्छ, तर नेपालमा विश्वसनीयता कम छ यो बढाउनु जरुरी छ । बिमा नीति आवश्यक छ,’ उनले भने, ‘बिमाले त्यो विश्वास दिलाउन सक्नुपर्छ । बिमा कम्पनीहरूको गलत कार्यको नियमन प्राधिकरणले गर्नु पर्छ । कुरा गरे अनुसार काम गर्नुपर्छ र काम गर्न सक्ने मात्रै बिमावालाले कुरा गर्नुपर्छ ।’ 

कार्यक्रममा सहभागीहरूले बिमा भुक्तानीमा समस्या र झन्झट हुने गरेकोले भुक्तानीमा सहजता ल्याउन आग्रह गरेका थिए । उनीहरूले कोरोना बिमाको रकम अहिलेसम्ममा पनि भुक्तानी नभएको गुनासोसमेत गरेका थिए । त्यसै गरेर कृषिमा बाली बिमा गर्नुपर्ने, पूर्वाधारको बिमा गर्दा सहज हुनु पर्ने र जीवन बिमामा भुक्तानीमा छिटो छरितो गरिनु पर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा अर्थमन्त्री धनबहादुर मास्की, स्वास्थ्य मन्त्री राजु खनाल, भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरी, योजना आयोगका उपाध्यक्ष डा नहकुल केसी, प्रमुख सचिव राधिका अर्याल लगायतले धारण राखेका थिए । बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिग्देल लगायतले उठेका विषयवस्तुमा प्रष्ट पारेका थिए ।

कार्यक्रमको सहजीकरण नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख पूर्णबहादुर थापाले गरेका थिए ।


Author

थप समाचार
x