लुम्बिनी

लुम्बिनी प्रदेशका प्रदेश प्रमुखद्वारा निजामती ऐन प्रमाणीकरण

इकागज |
मंसिर २१, २०८० बिहीबार १९:१० बजे

तुलसीपुर (दाङ)- लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेश निजामती ऐन प्रमाणीकरण गरेका छन् । प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्

उक्त विधेयक गत भदौ २२ गते प्रदेशसभाबाट पारित भएको थियो । विधेयक प्रमाणीकरण भएसँगै अब निजामती ऐन कार्यान्वयनमा आउनेछ ।


सञ्चार नियमावली निर्माण अन्तिम चरणमा

लुम्बिनी प्रदेश गृह मन्त्रालयका कानुन उपसचिव खिमानन्द ज्ञवालीले प्रदेशको सञ्चार नियमावली निर्माण अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार अबको एक महिनाभित्र त्यसले पूर्णता पाउनेछ । 

पाल्पा विकास केन्द्रले आज भालुवाङमा आयोजना गरेको सूचनाको हक, सञ्चार विषयवस्तु र नीतिपात्रोसम्बन्धी संवाद कार्यक्रममा उपसचिव ज्ञवालीले सञ्चार नियमावली पारित भएमा सञ्चार रजिष्ट्रारको कार्यालय स्थापना हुने र प्रदेशबाटै सञ्चार माध्यम दर्ता तथा नियमन हुने बताए ।  

त्यस अवसरमा सहभागी मन्त्रालय तथा कार्यालयका सूचना अधिकारीहरूले पत्रकार र सूचना अधिकारीहरूबीच सम्बन्ध सुमधुर हुनुपर्ने बताए । पत्रकार तथा नागरिकले सूचना माग गर्दा सकारात्मक उद्देश्यले माग गर्नुपर्ने राप्ती गाउँपालिकाका सूचना अधिकारी विश्वास विकले धारणा राखे । दुःख दिने नियतले सूचना माग गर्दा कर्मचारीलाई पनि काम गर्न गाह्रो हुने गरेको उनको भनाइ थियो । रासस


Author

थप समाचार
x