लुम्बिनी

कपिलवस्तु एमालेले कार्यकर्ताको परीक्षा लिने

इकागज |
माघ ६, २०८० शनिबार ८:१५ बजे

कपिलवस्तु- नेकपा एमाले कपिलवस्तुले जिल्ला तहका नेतालाई प्रशिक्षण दिएको छ ।

केन्द्रीय स्कुल विभागको सहजीकरणमा जिल्ला सचिवालयलाई ३ दिने प्रशिक्षण प्रदान गरेको छ । होटल संगम प्यालेस गोरुसिंगेमा चल्ने प्रशिक्षण ३ सम्म सञ्चालन हुनेछ ।


प्रशिक्षणको उद्घाटन समारोहमा बोल्दै एमाले केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीले नेता कार्यकतालाई नयाँ ज्ञान र सिप प्रदान गर्न प्रशिक्षण आयोजना गरिएको बताए । अर्को वर्षदेखि पार्टीका सबै नेता तथा कार्यकर्तालाई प्रशिक्षण अनिवार्य गर्ने समेत बताएका छन् ।

वडा सदस्यदेखि, प्रतिनिधि सभा सदस्य तथा राजनैतिक नियुक्तीको लागि समेत स्कुलिङ अनिवार्य रहेको उनको भनाइ छ । पछिल्ला दिनमा नेता कार्यकतालाई आधारभूत तह, माध्यमिक तह र अनुसन्धनात्मक तहको प्रशिक्षण गरी परीक्षासमेत लिइने ज्ञवालीले बताए ।

नेता ज्ञवालीले अहिलेको सरकार ‘मल्टीपल अर्गान फेलियर’ भएको बताएका छन् । ‘राष्ट्रियतामा एकपछि अर्को चुनौती खडा हुँदैछ । अर्थतन्त्र लथालिङ्ग छ । हरेक गृहणीलाई थाहा हुन थालेको छ कि भान्सामा कति पकाउन सकिन्छ ? हरेक युवालाई हिजो रेष्टुरेन्टमा गएर कति खर्च गर्न सकिन्थ्यो ? आज कति खर्च गर्न सकिन्छ । गाडी चढ्नेलाई थाहा छ, फुल टयांकी तेल भर्न कति गाह्रो छ ? उद्योग व्यवसाय आधा पनि चलेको छैन । देश लथालिंग भएको छ’ ज्ञवालीले भने ।

कार्यक्रममा एमाले केन्द्रीय सचिव पद्मा अर्यालले देशको विकासको लागि एमाले बाहेक अन्य विकल्प नरहेको बताइन् ।
 


Author

थप समाचार
x