लुम्बिनी

पाल्पामा जन्ती बोकेको जिप दुर्घटना

इकागज |
बैशाख ८, २०८१ शनिबार १२:३७ बजे

पाल्पा- पाल्पामा सवारी दुर्घटना परेर १० जना घाइते भएका छन् ।

जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । पाल्पाको निस्दी–३, खाँदरमा जिप दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ । 


शुक्रबार राति लु १ ज २५३५ नम्बरको जिप जन्ती लिएर निस्दी खाँदरबाट सहलकोटतर्फ जाने क्रममा सो दुर्घटना भएको हो । 

भित्री कच्ची सडकमा दुर्घटना हुँदा जिपमा सवार १७ जनामध्ये १० जना घाइते हुन पुगेका थिए । घाइतेहरूको उपचारका लागि रामपुर अस्पतालमा पठाइएको छ ।

सो जिपका चालक फरार रहेकाले खोजी कार्य जारी राखिएको छ । 


Author

थप समाचार
x