लुम्बिनी

रुपन्देहीमा निजी सवारी सञ्‍चालनमा जोरबिजोर

इकागज |
असार ७, २०७८ सोमबार १५:४६ बजे

बुटवल : रुपन्देहीमा अब निजी सवारी साधन जोर बिजोर प्रणालीमा चल्न पाउने भएका छन् । निषेधाज्ञालाई थप एक हप्ता लम्बाउँदै जिल्लामा निजी सवारी साधन जोर बिजोर प्रणाली अनुसार सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए ।

‘अब निजी सवारी साधन जोर गते जोर नम्बरका सवारी साधन र बिजोर गते बिजोर नम्बरका सवारी साधन चलाउन पाइने छ,'  थापाले भने, 'सार्वजनिक सवारी साधन भने चलाउन पाइने छैन ।' यस्तै सार्वजनिक सेवाहरू मालपोत, यातायात लगायतका अन्य सेवाहरू विभिन्न वर्गीकरणका आधारमा सञ्चालन गर्न दिने निर्णय भएको थापाले बताए ।



Author

थप समाचार
x