लुम्बिनी

बुटवलमा प्रधानन्यायाधीश राणा र माधवकुमार नेपालको पुत्ला दहन

इकागज |
असार ३०, २०७८ बुधबार २१:२९ बजे

बुटवल : नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको बुटवलमा पुत्ला दहन गरेको छ । संसद् विघटनलाई बदर गरेर अदातलले राजनीति गरेको भन्दै प्रधानन्यायाधीश जबरा र प्रतिपक्षलाई साथ दिएर आफ्नै पार्टीको सरकार ढालेको भन्दै वरिष्ठ नेता नेपालको पुत्ला दहन गरिएको युवा संघका केन्द्रीय सचिव तुलबहादुर अधिकारीले बताए ।

बुटवलको अस्पताललाईनबाट निस्केको युवासंघको मसालसहितको जुलुसले ट्राफिकचोकमा पुगेर पुत्ला दहन गरेको छ । पुत्ला दहनको क्रममा प्रहरीले युवा संघका कार्यकर्तालाई धरपकडसमेत गरेको थियो । जुलुस पुन: अस्पताल लाइन आएर कोण सभामा परिणत भएको थियो । कोण सभामा राष्ट्रिय युवासंघका केन्द्रीय उपाध्यक्ष सुमन पुरी, केन्द्रीय सचिव अधिकारी लगायतले बोल्दै सर्बोच्चको निर्दलीय फैसलाविरुद्ध युवासंघ सडकमा उत्रिनु परेको बताए ।



Author

थप समाचार
x