लुम्बिनी

दुईजना प्रहरीकाे नियन्त्रणमा

बुटवलमा गोली चल्यो, एकजना घाइते

बिक्रम खड्का |
मंसिर २१, २०७७ आइतबार ११:२९ बजे

बुटवल : बुटवलको मिलनचोकमा गैडा तस्करसँग प्रहरीको गोली  हानाहान भएको छ । बुटवल उपमहानगरपालिका वडा नं ८ मिलनचोकदेखि पूर्वतर्फ सुख्खा नगरमा रहेको एक होटलमा तस्करहरू बसेको सूचना पाएपछि पुगेको प्रहरी र तस्करबीचमा लोगी हानाहान भएको हो ।


प्रहरीकै बन्दुक खोसेर तस्करले गोली चलाएको रुपन्देही प्रहरी प्रमुख प्रविण पोख्रेलले जनानकारी दिए । घटनामा एक जना तस्करलाई गोली लागेको छ । घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ । उनको चिउडोमा गोली लागेको छ ।

प्रहरीले गैडाको खाससहित दुई जनालाई नियन्त्रणमा लिएको छ । गोली प्रहार गर्ने एकजना होटलको पर्खाल नाघेर फरार भएको प्रहरीले जानकारी दिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x